साउन ३, खोटाङ । वर्षौंदेखि पशु चराउने र बाँझै छाडिएको डाँडालाई उत्पादनसँग जोड्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले थालको नयाँ अभ्यास उत्पानसँग जोडिन थालेको छ । गाउँपालिकाले वडा नम्बर ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्क मा लगाएको आलुबाट यस वर्ष पनी करिब तीन हजारदेखि साढे तीन हजार केजी उत्पादन गरेको छ । पहिले मुख्यतः चरिचरणका लागि प्रयोग हुने भञ्ज्याङखर्कलाई कृषि उत्पादनको केन्द्र बनाउने उद्देश्यले गाउँपालिकाले आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाका अनुसार अहिले त्यही डाँडामा फलेको आलु बजारमा बिक्री हुन थालेको छ । उत्पादित आलु चिसापानीस्थित कोसेली घर मा भण्डारण गरेर प्रतिकेजी ६० रुपैयाँ मा बिक्री भइरहेको छ। गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराई का अनुसार हालसम्म ९५० केजी आलु बिक्री भइसकेको छ।
गाउँपालिका उपाध्यक्ष खेम खड्का ले बाँझो जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको बताउनुभयो। उहाँका अनुसार आलु बिक्रीबाट प्राप्त रकम गाउँपालिकाको आन्तरिक स्रोत मा जम्मा गरिनेछ। गाउँपालिकाले सार्वजनिक जग्गा र लामो समयदेखि उपयोगविहीन रहेका क्षेत्रलाई उत्पादनसँग जोड्दै स्थानीय कृषि प्रवद्र्धन, रोजगारी र आयआर्जन बढाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।











Discussion about this post