सोलुखुम्बु, ६ साउन । प्रथम जननिर्वाचीत प्रधानमन्त्री विपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर नेपाल तरुण दल सोलुखुम्बुले रक्त क्यान्सरबाट पीडित १७ महिनाका नाबालक संविद्ध बरुवालको उपचारका लागि रु. २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । काङ्ग्रेस नेता तथा तरुण दल जिल्ला अध्यक्ष अशोक झाको पहल तथा नेपाल तरुण दल जिल्ला कार्यसमितिको समन्वयमा संकलित उक्त रकम आज बालकका बुवा सौरभ बरुवाललाई उहाँकै निवासमै पुगेर हस्तान्तरण गरिएको हो ।
सहयोग रकममध्ये मलेसिया जनसम्पर्क समिति मार्फत नेपाल तरुण दलका महामन्त्री सरोज दाहालले रु. १० हजार, खोटाङका समाजसेवी तथा व्यवसायी सचिन्द्र सिंह ठकुरीले रु. १० हजार तथा नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष एवं व्यवसायी संजय लामाले रु. ५ हजार सहयोग गर्नुभएको हो । रक्त क्यान्सर जस्तो जटिल रोगसँग संघर्षरत बालकको उपचारमा केही राहत पुग्ने विश्वासका साथ सहयोग संकलन गरिएको नेपाल तरुण दल सोलुखुम्बुले जनाएको छ ।
विपीको सम्झनामा विपीको मानवता, सेवा र सामाजिक उत्तरदायित्वको आदर्शलाई व्यवहारमा उतार्ने उद्देश्यले बीपी स्मृति दिवसलाई सामाजिक सेवासँग जोडिएको तरुण नेता झाले बताउनुभयो । तरुण दलले उपचाररत बालकको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोगका लागि सबै सहयोगी मन र संस्थाहरूलाई समेत धन्यवाद व्यक्त गरेको छ । साथै, सानो सहयोगले पनि गम्भीर रोगसँग संघर्षरत बालकको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्ने भएकाले मानवीय सहयोगमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ ।











Discussion about this post