Thursday, November 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज खीर खाने दिन

Radio Everest by Radio Everest
July 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।

हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ ।

यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।

खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

Previous Post

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको टोली ब्रोड पिकमा सम्पर्कविहीन

Next Post

उदयपुरमा खोलामा डुबेर तीन बालकको मृत्यु

Related Posts

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
0
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
0
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
0
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
0
Next Post
उदयपुरमा खोलामा डुबेर तीन बालकको मृत्यु

उदयपुरमा खोलामा डुबेर तीन बालकको मृत्यु

Discussion about this post

Everest Highlights

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026
ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

ऐसेलुखर्कका प्रमुख प्रशासकीय अधिकृत थापालाई बिदाइ

November 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly