साउन १५, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–३ स्थित हडैया खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर एकै परिवारका दुई दाजुभाइसहित तीन बालकको बिहीबार साँझ मृत्यु भएको छ। उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार ७ र ११ वर्षका एकै परिवारका दुई दाजुभाइ तथा उनीहरूका ८ वर्षीय नातेदार बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल, कटारीको संयुक्त टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा तीनै बालकलाई हडैया खहरे खोलामा डुबेको अवस्थामा फेला पारेर तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ करिब ६ बजे तीनै जनालाई मृत घोषणा गरेका प्रहरी उपरीक्षक चापागाईले जानकारी दिनुभयो । मृतकहरूको शव हाल प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।











Discussion about this post