साउन १५, सोलुखुम्बु । सन् २०२५ को आरोहण सिजनमा कुल ७४८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार सगरमाथा आरोहण गर्नेहरूमा ४६४ जना नेपाली र २८४ जना विदेशी आरोहीहरू रहेका छन् । यससँगै सन् २०२५ को डिसेम्बर सम्ममा सगरमाथा चुम्ने कुल आरोहीहरूको सङ्ख्या ९,८२५ पुगेको छ । प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न ४३ वटा देशका नागरिकहरू नेपाल आएका थिए ।
विदेशी नागरिकतातर्फ सबैभन्दा बढी भारतका ६१ जना, अमेरिकाका ४७ जना, चीनका ५२ जना, बेलायतका १९ जना, रुसका १६ जना र युक्रेनका ८ जनाले सफलता प्राप्त गरेका छन् । नेपालको दक्षिण–पूर्वी रिज (साउथ–इस्ट रिज) मार्ग प्रयोग गरी अधिकांश आरोहीहरूले वसन्त ऋतुमा आरोहण पूरा गरेका हुन् ।










Discussion about this post