साउन १५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकालगायत अन्य स्थानमा बसोबास गर्दै आएका नागरिकलाई लक्षित गर्दै काठमाडौंबाट नै विभिन्न सरकारी सेवा उपलब्ध गराउने भएको छ । सेवाग्राहीलाई गाउँपालिका पुग्नुपर्ने झन्झट हटाई सरल, सहज र पायक पर्ने स्थानबाट सेवा दिने उद्देश्यले विशेष सेवा शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईका अनुसार शिविरमार्फत राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, पञ्जीकरण तथा घटना दर्तासम्बन्धी सम्पूर्ण सेवा तथा वडा कार्यालयबाट प्रवाह हुने अन्य आवश्यक सेवासमेत उपलब्ध गराइनेछ । उहाँका अनुसार उक्त सेवा शिविर साउन २३ र २४ गते काठमाडौँको सेकेधारास्थित नव दुर्गा पार्टी भेन्युमा सञ्चालन हुनेछ। गाउँपालिकाले काठमाडौँ तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई समयमै सेवा लिन आग्रह गरेको छ ।











Discussion about this post