साउन २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ आवाडाँडामा ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर, भू–सेवा केन्द्र तथा लेखापढी व्यवसाय पुनः सञ्चालनमा आएको छ । बिहीबार सोलुदूधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङले केन्द्रको औपचारिक उद्घाटन गरेसँगै उक्त व्यवसाय करिब १५ वर्षपछि पुनः सञ्चालनमा आएको हो ।
केन्द्रकी सञ्चालक निरकुमारी राईका अनुसार यसअघि भू–सेवा केन्द्र तथा लेखापढी व्यवसायमा बढी केन्द्रित हुनुपरेकाले ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टरलाई निरन्तरता दिन नसकिएको र अब आवाडाँडामै कम्प्युटर सम्बन्धी सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो । इच्छुक व्यक्तिले केन्द्रमा कम्प्युटर सिक्न सक्ने र प्रशिक्षार्थीलाई कम्प्युटरसम्बन्धी व्यवहारिक तथा दक्षतामूलक सीप प्रदान गरिने सञ्चालक राईले जानकारी दिनुभयो ।
स्थानीयस्तरमै कम्प्युटर सम्बन्धी ज्ञान र सीप हासिल गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले केन्द्र पुनः सञ्चालन गरिएको उहाँको भनाइ छ । उद्घाटन कार्यक्रममा उपप्रमुख तामाङले ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर, भू–सेवा केन्द्र तथा लेखापढी व्यवसायको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले केन्द्रले आगामी दिनमा स्थानीयवासीलाई कम्प्युटरसम्बन्धी सीप तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो । पुनः सञ्चालनमा आएको केन्द्रबाट कम्प्युटर तालिमसँगै भू–सेवा तथा लेखापढीसम्बन्धी सेवा उपलब्ध हुने जनाइएको छ ।











Discussion about this post