Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

Radio Everest by Radio Everest
August 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४ ,साेलुखुम्बु । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउँदै जलवायु अनुकूलनमा योगदान पु¥याउने उद्देश्यले ‘हरित उत्सवः परिवर्तनका लागि महिला’ अभियान शनिबारदेखि ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको छ । चाडपर्वका समयमा हुने प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोग, अनावश्यक उपभोग, खाद्यान्नको अपव्यय तथा वातावरणमा नकारात्मक असर पार्ने गतिविधि न्यूनीकरण गर्दै पुनःप्रयोग, पुनःचक्रण र व्यवहार परिवर्तनलाई प्राथमिकता दिने अभियानको उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले संरक्षित सम्पदा र हरित वातावरणले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै जलवायु परिवर्तन कुनै एक वर्ग वा समुदायको मात्र नभई सबै नागरिकको साझा सरोकार भएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले जलवायु परिवर्तनका असर समाजका सबै वर्गमा परिरहेको बताउँदै यसलाई महिला वा अल्पसंख्यक समुदायको मात्रै मुद्दाका रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मधेसी आयोगका सदस्य रेणु साहले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि हरित अभियान, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले वातावरण संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्लास्टिकको प्रयोग निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव मधु घिमिरेले उपलब्ध स्रोतसाधनको अधिकतम र विवेकपूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले स्रोतको प्रयोग गर्दा कम साधनबाट अधिकतम लाभ लिन सकिने गरी दिगो तथा जिम्मेवार उपभोगको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले ‘हरित उत्सव’ वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियान भएको बताउनुभयो।

उहाँले महिलावादी संस्था तथा जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील संस्थासँग सहकार्य गर्दै अभियानलाई अघि बढाइने जानकारी दिनुभयो । अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वका नाममा बढ्दो उपभोग, हरेक अवसरमा नयाँ पोसाक खरिद गर्ने प्रवृत्ति, प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोग तथा खाद्यान्नको अपव्ययले वातावरणीय प्रदूषणसँगै महिलामाथिको अदृश्य श्रम, आर्थिक भार र सामाजिक दबाबसमेत बढाइरहेको बताउनुभयो । उहाँले चाडपर्वलाई संस्कृति र परम्पराको संरक्षणसँगै वातावरणीय जिम्मेवारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

साथसाथै फाउन्डेसनले अन्तरपुस्ता नारीवादी मञ्च (आईजीएफएफ) तथा ललितपुर महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको उद्घाटन कार्यक्रममा महिला, युवा, कलाकार, जलवायु अभियन्ता, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो । अभियानले चाडपर्वलाई केवल उत्सव र उपभोगको अवसरका रूपमा नभई वातावरण संरक्षण, पुनःप्रयोग, दिगो जीवनशैली र सामाजिक जिम्मेवारीसँग जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

Previous Post

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

Next Post

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly