साउन २५, सोलुखुम्बु । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो केही घण्टायता बागमती प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै ठाउँमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टामा लुम्बिनी प्रदेशको पाल्पास्थित अर्सले क्षेत्रमा करिब ३५ मिलिमिटर वर्षा भएको छ । पछिल्लो ६ घण्टाको विवरणअनुसार सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ ।
आज दिनभर काठमाडौं उपत्यकासहित देशभर बदली रहने र विभिन्न स्थानमा वर्षा भइरहने मौसमविद् लामिछानेले बताउनुभयो । उहाँका अनुसार विशेषगरी पश्चिमी भूभाग र पूर्वी तराईका केही क्षेत्रमा वर्षाको सम्भावना छ । साँझ तथा रातिको समयमा वर्षाको सम्भावना अझ बढ्ने अनुमान गरिएको छ ।











Discussion about this post