Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Radio Everest by Radio Everest
August 12, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २७, ओखलढुंगा । एभरेष्ट न्युज डेस्क ।

ओखलढुंगाका आठ विद्यालयका २५० जना विद्यार्थीलाई २ लाख १२ हजार ५०० रुपैयाँ बराबरका अल्लोबाट निर्मित झोला वितरण गरिएको छ । सिद्धिचरण नगरपालिका–२ स्थित नरटीका सामुदायिक सिकाइ केन्द्रमा बुधबार आयोजित कार्यक्रममा सिद्धिचरण नगरपालिका–२ का वडाध्यक्ष बसन्त कटवालको प्रमुख आतिथ्यमा विद्यार्थीलाई झोला हस्तान्तरण गरिएको हो । अन्तर्राष्ट्रिय स्वयंसेवक फ्रेन्चेस्का र राष्ट्रिय स्वयंसेवक मनिषा राईको सहयोग तथा स्वयंसेवी अभियान नेपाल (भिन)को सहजीकरणमा सिद्धिचरण नगरपालिका १ र २ तथा चिशंखुगढी गाउँपालिका ६ भदौरेका कक्षा ४ देखि माथिका विद्यार्थीलाई झोला उपलब्ध गराइएको हो । झोला प्राप्त गर्ने विद्यार्थीमा जनचेतन माध्यमिक विद्यालयका ३३, कडेनी माध्यमिक विद्यालयका ४३, छात्रप्रगति माध्यमिक विद्यालयका ४०, महेश्वर माध्यमिक विद्यालयका ४०, कर्कला आधारभूत विद्यालयका १४, तिनपिप्ले आधारभूत विद्यालयका ९, हिमालय माध्यमिक विद्यालयका ५० र रक्तमाला आधारभूत विद्यालयका २२ जना रहेका छन् ।

कार्यक्रममा चिशंखुगढी गाउँपालिका ६ का वडाध्यक्ष बलराम कटवाल, सिद्धिचरण नगरपालिका–२ का वडाध्यक्ष बसन्त कटवाल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकको सहभागिता थियो । विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक सामग्री सुरक्षित राख्न सहयोग पुग्नुका साथै यस्ता सहयोगले विद्यार्थीको आत्मविश्वास, उत्साह र पढाइप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनीहरूले एउटा झोलाभित्र विद्यार्थीका किताब–कापी मात्रै नभई उनीहरूको भविष्यको सपना पनि अटाउने भएकाले यस्ता अभियानले बालबालिकाको शिक्षामा सकारात्मक योगदान पु¥याउने बताएका छन् ।

छ महिनाका लागि बालबालिकासम्बन्धी काम गर्न स्वयंसेवी अभियान नेपालमा आएकी मनिषा राई र फ्रेन्चेस्काले विद्यालयमा कार्यरत रहँदा विद्यार्थीहरू किताब–कापी झोलाबिना नै हातमा बोकेर विद्यालय आउने गरेको देखेका थिए। विशेषगरी वर्षायाममा शैक्षिक सामग्री भिज्ने तथा च्यातिने समस्या देखेपछि आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई झोला उपलब्ध गराउने योजना बनाइएको राईले बताइन् ।

विभिन्न व्यक्तिबाट सानो–सानो सहयोग जुटाउँदै अभियान सञ्चालन गरिएको र विद्यार्थीलाई झोला उपलब्ध गराउने योजना सफल हुँदा आफूहरू निकै खुसी भएको राईको भनाइ छ । भिनले विद्यार्थीलाई शैक्षिक सामग्री सुरक्षित रूपमा विद्यालयसम्म लैजान सहज बनाउनुका साथै अध्ययनप्रति थप उत्साहित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बालबालिकालाई लक्षित गरी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

मार्फत— सुनिता घिमिरे, विपना थापा मगर, ओखलढुंगा

Previous Post

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

Next Post

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly