साउन २७, सोलुखुम्बु । जटिल प्रसूति समस्या देखिएपछि सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौं पठाइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत थुलुङ दुधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेतको उद्धार गरिएको हो ।
जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक परेकाले बस्नेतलाई बुधबार नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौं पठाइएको छ । दुर्गम तथा विकट क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई जटिल स्वास्थ्य समस्या देखिँदा समयमै उपचारको पहुँचमा पुर्याउने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममार्फत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसका आधारमा उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पठाउने गरिएको छ । सोलुखुम्बुजस्ता हिमाली तथा दुर्गम जिल्लामा जटिल प्रसूति अवस्थाका बिरामीलाई सडकमार्गबाट तत्काल सुविधासम्पन्न अस्पताल पुर्याउन कठिन हुने भएकाले हवाई उद्धार सेवा प्रभावकारी बन्दै आएको छ ।











Discussion about this post