Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

Radio Everest by Radio Everest
August 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २८, सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनको तयारी थालेको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार अभियान सञ्चालनका लागि स्थानीय तहसँग छलफल भइरहेको छ । बिहीबार रेडियो एभरेष्टसँग कुराकानी गर्दै उहाँले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नयाँ मतदाताको नामावली दर्तादेखि नियमित कार्यालयीय कामसमेत भइरहेको बताउनुभयो । उहाँका अनुसार २०८२ सालको तथ्याङ्कअनुसार सोलुखुम्बुमा कुल ८५ हजार ५ सय १५ जना मतदाता रहेका छन् ।

तीमध्ये पुरुष मतदाता ४४ हजार ४ सय ८३ र महिला मतदाता ४१ हजार ३२ जना रहेका छन् । सूचना अधिकारी घिमिरेले विशेषगरी युवालाई निर्वाचन, मतदान प्रक्रिया तथा मतदाता अधिकारका विषयमा जानकारी गराउन युवा चेतना जागरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनमा युवाको सहभागिता बढाउन निर्वाचनसम्बन्धी जानकारी र सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राख्नुभयो । यसैबीच निर्वाचन आयोगले प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनका विषयमा अनलाइन बैठक गरेको छ । आयोगका अनुसार साउन १५ गते बसेको बैठकले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

निर्धारित कार्यक्रमअनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयबाट मृत्यु भएका तथा बसाइँसराइ गरेका व्यक्तिहरूको विवरण संकलन गरी सोही आधारमा मतदाता नामावली अद्यावधिक गर्नेछन् । अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहजीकरणका लागि सबै स्थानीय तहमा पत्राचार गरिदिन आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत अनुरोध गरिसकेको जनाएको छ ।

आयोगका अनुसार मतदाता नामावलीलाई अद्यावधिक र त्रुटिरहित बनाउने उद्देश्यले स्थानीय तहसँगको समन्वयमा अभियान सञ्चालन गरिनेछ। मृत्यु भएका तथा स्थायी रूपमा अन्यत्र बसाइँसराइ गरेका व्यक्तिको विवरण अद्यावधिक गर्दा मतदाता नामावलीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने आयोगको अपेक्षा छ ।

Previous Post

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

Next Post

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
Next Post
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026
सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

August 13, 2026
सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

सोलुमा विद्युत् तथा सिँचाइ आयोजना अगाडि बढाउन सांसद कार्कीद्वारा ऊर्जामन्त्रीको ध्यानाकर्षण

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly