Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

Radio Everest by Radio Everest
August 13, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २८,  साेलुखुम्बु ।  सोलुखुम्बुका संघीय सरकारी कार्यालय तथा सात स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारलाई २५ करोड २३ लाख ७९ हजार ९ सय ७ रुपैयाँ राजस्व बुझाएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका संघीय सरकारी कार्यालय तथा आठ स्थानीय तहमध्ये सात स्थानीय तहले विभिन्न शीर्षकमा संकलन भएको उक्त राजस्व संघीय सरकारको खातामा दाखिला गरेका हुन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व सगरमाथा राष्ट्रिय निकुञ्जले १४ करोड ११ लाख ९१ हजार ४ सय १४ रुपैयाँ संकलन गरेको छ। त्यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले करोड ७३ लाख ५६ हजार ९ सय ३३ रुपैयाँ राजस्व संकलन गरेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले १ करोड ७ लाख ५७ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन गरेको छ। यस्तै, याक आनुवंशिक स्रोत केन्द्र नाम्चेले १४ लाख ३३ हजार ५ सय, जिल्ला अदालत सोलुखुम्बुले १८ लाख ४१ हजार ५ सय ३२, जिल्ला निर्वाचन कार्यालयले ६ लाख १२ हजार, जिल्ला समन्वय समितिले १७ लाख २३ हजार र जिल्ला हुलाक कार्यालयले ५ लाख २६ हजार १ सय २८ रुपैयाँ राजस्व संकलन गरेका छन्।

सिमा प्रशासन कार्यालय नाम्चेले ३७ हजार ९ सय, जिल्ला प्रहरी कार्यालयले १५ लाख ४३ हजार ९ सय ७०, नापी कार्यालयले १० लाख ५२ हजार ४ सय २, शिक्षा विकास तथा समन्वय इकाईले २१ लाख २० हजार १ सय ९ र जिल्ला सरकारी वकीलको कार्यालयले ४ हजार १ सय ८१ रुपैयाँ राजस्व संकलन गरेको छ। त्यसैगरी भगवती प्रसाद गुल्मले १ लाख ४३ हजार ७ सय २७, चिया तथा कफी विकास कार्यालयले ११ हजार ६ सय र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुले ६५ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्।

स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिकाले ४ लाख ३६ हजार १ सय ८१ रुपैयाँ राजस्व संघीय सरकारलाई दाखिला गरेको छ। सोताङ गाउँपालिकाले ६ लाख ७ हजार ३ सय ४७, थुलुङ दूधकोशी गाउँपालिकाले ३ लाख ४ हजार ६ सय ७५ र लिखुपिके गाउँपालिकाले १ लाख ५३ हजार ३ सय ६५ रुपैयाँ दाखिला गरेका छन्। यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाले ३७ हजार ९ सय, माप्य दूधकोशी गाउँपालिकाले १ लाख ८८ हजार ९ सय ६० र महाकुलुङ गाउँपालिकाले २ लाख ५९ हजार रुपैयाँ राजस्व संघीय सरकारको खातामा जम्मा गरेका छन्।

स्थानीय तहलाई प्राप्त अधिकारअनुसार विभिन्न शीर्षकमा संकलन भएको राजस्व आफ्नै दायित्वमा राख्न सक्ने व्यवस्था छ। त्यसैले स्थानीय तहले संघीय सरकारको खातामा जम्मा गरेको रकम सबै आन्तरिक राजस्व नभई संघीय सरकारलाई दाखिला गर्नुपर्ने निश्चित शीर्षकको राजस्व मात्र भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

जिल्लामा संघीय सरकारका लागि सबैभन्दा ठूलो राजस्व स्रोत भने सगरमाथा राष्ट्रिय निकुञ्ज देखिएको छ ।

Previous Post

सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक अभियानको तयारी

Next Post

पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly