Tuesday, September 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

दिपेन्द्र खनाल, एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
September 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ३०, सोलुखुम्बु । केही वर्षअघिसम्म सोलुखुम्बुका बजारमा सामान किनेपछि हातमा नगद निकालेर पैसा तिर्ने चलन सामान्य थियो। बैंकबाट पैसा झिक्न पनि बैंकसम्मै पुग्नुपर्ने बाध्यता थियो। तर अहिले जिल्लाको बजारको कारोबार शैली विस्तारै फेरिँदै गएको छ । साना चिया पसलदेखि किराना पसल, होटल, रेष्टुरेन्ट हुँदै सार्वजनिक यातायातमा समेत मोबाइल बैंकिङ र क्यूआरमार्फत भुक्तानी हुन थालेको छ। नगद बोकेर हिँड्नुपर्ने बाध्यता कम हुँदै जाँदा सोलुखुम्बुको दैनिक कारोबारमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको व्यवसायीहरू बताउँछन्।सोलुदूधकुण्ड नगरपालिका–४ गार्मास्थित जोरबौद्धका किराना पसल सञ्चालक सांगे तामाङको पसलमा यसको उदाहरण सहजै देख्न सकिन्छ। उहाँका अनुसार १० रुपैयाँको चकलेट किन्ने ग्राहकदेखि हजारौँ रुपैयाँको सामान खरिद गर्ने ग्राहकसम्मले मोबाइल बैंकिङबाटै भुक्तानी गर्ने गरेका छन्।

“सानो रकम होस् वा ठूलो, अहिले धेरैजसो ग्राहकले मोबाइलबाटै पैसा पठाउनुहुन्छ,” तामाङ भन्नुहुन्छ, “मोबाइल बैंकिङ आएपछि व्यापार गर्न निकै सजिलो भएको छ।”
डिजिटल भुक्तानी सुरु भएपछि कारोबारको शैली मात्र परिवर्तन भएको छैन, व्यवसायीको समय पनि बचत भएको उहाँको अनुभव छ । पहिले बैंकमा रकम जम्मा गर्न वा आवश्यक पर्दा नगद व्यवस्थापन गर्न समय खर्चिनुपथ्र्यो। अहिले ग्राहकले सिधै खातामा पैसा पठाउने भएकाले त्यस्तो झन्झट कम भएको छ । व्यवसायमा मात्र होइन, दैनिक यात्रामा समेत डिजिटल भुक्तानीको प्रयोग बढेको छ। सल्लेरी बजार क्षेत्रमा सञ्चालन हुने अटोमा समेत यात्रुले मोबाइल बैंकिङबाट भाडा तिर्ने गरेका छन् ।

अटो चालक कृष्णदेव श्रेष्ठका अनुसार अटो चढ्ने अधिकांस सेवाग्राहीले नगदभन्दा मोबाइलबाटै भुक्तानी गर्न सहज मान्ने गरेका छन्। “अटो चढेपछि भाडा तिर्न मोबाइल बैंकिङ हुन्छ कि हुँदैन भनेर सोध्नेहरू पनि हुनुहुन्छ,” श्रेष्ठ भन्नुहुन्छ, “अहिले मोबाइलबाटै भुक्तानी गर्ने बानी धेरैमा बसिसकेको छ।” डिजिटल भुक्तानीको विस्तारसँगै बैंकिङ सेवा लिने ग्राहकको प्राथमिकतामा समेत परिवर्तन देखिएको बैंकका कर्मचारीहरू बताउँछन्। सल्लेरीस्थित नेपाल बैंककी शाखा प्रमुख छत्रकुमारी लिम्बुका अनुसार बैंकमा आउने सेवाग्राहीमध्ये धेरैले एटिएमभन्दा मोबाइल बैंकिङलाई प्राथमिकता दिन थालेका छन्। उहाँका अनुसार मोबाइल बैंकिङका कारण बैंकिङ सेवा अब बैंकको शाखा वा एटिएमसम्म सीमित छैन। “मोबाइल बैंकिङ भएपछि हातहातमै बैंक भएको जस्तो भएको छ,” लिम्बु भन्नुहुन्छ।

सोलुखुम्बुजस्तो भौगोलिक रूपमा विकट जिल्लामा डिजिटल बैंकिङको विस्तारले अझ फरक अर्थ राख्छ । बैंकको शाखा वा एटिएमसम्म पुग्न समय र खर्च लाग्ने ठाउँमा मोबाइलबाटै रकम पठाउन, प्राप्त गर्न र भुक्तानी गर्न सकिने भएपछि सेवाग्राहीलाई सहज भएको छ। विशेषगरी बजार क्षेत्रका व्यवसायी, यातायात व्यवसायी र दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकमा यसको प्रयोग बढ्दै गएको देखिन्छ। इन्टरनेटको पहुँच विस्तार, स्मार्टफोनको बढ्दो प्रयोग र बैंकहरूले मोबाइल बैंकिङ तथा क्यूआर भुक्तानीलाई प्राथमिकता दिन थालेपछि नगदरहित कारोबारको अभ्यास पनि विस्तार हुँदै गएको छ।

तर डिजिटल कारोबार बढ्दै जाँदा डिजिटल साक्षरता र सुरक्षाको प्रश्न पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ। मोबाइलबाट पैसा पठाउँदा सही खातामा रकम गएको छ कि छैन भन्ने यकिन गर्ने, ओटीपी तथा पासवर्ड अरूलाई नदिने र अपरिचित लिंक तथा सन्देशबाट सावधान हुने विषयमा प्रयोगकर्ताहरू सचेत हुनुपर्ने शाखा प्रमुख श्रेषठ भन्नुहुन्छ ।

सोलुखुम्बुको बजारमा देखिन थालेको यो परिवर्तन केवल पैसा तिर्ने माध्यम परिवर्तन भएको विषय मात्र होइन। नगदको सट्टा मोबाइलको स्क्रिनमा कारोबार हुन थालेसँगै जिल्लाको दैनिक जीवन र व्यवसाय सञ्चालनको शैलीसमेत प्रविधिमैत्री बन्दै गएको संकेत हो।

हिजो बैंक पुगेर गर्नुपर्ने काम आज हातमा रहेको मोबाइलबाटै हुन थालेको छ। सोलुखुम्बुका बजारमा क्यूआर कोड र मोबाइल बैंकिङको बढ्दो प्रयोगले जिल्लाको कारोबार बिस्तारै नगदबाट डिजिटलतर्फ सर्दै गएको तस्वीर देखाउन थालेको छ।

Previous Post

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

Next Post

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

Related Posts

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

Discussion about this post

Everest Highlights

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

September 15, 2026
५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

September 15, 2026
मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

September 15, 2026
ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

September 15, 2026
सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

September 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

September 15, 2026
५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

September 15, 2026
मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

September 15, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly