भाद्र ३०, सोलुखुम्बु । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १६ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार थुलुङ दूधकौशी गाउँपालिका–१, नेलेका ३३ वर्षीय सन्तोष खत्रीलाई काठमाडौंको बौद्ध क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
जिल्ला अदालत सोलुखुम्बुले २०६७ वैशाख ५ गते कर्तव्य ज्यान मुद्दामा खत्रीलाई ५ वर्ष कैद हुने फैसला गरेको थियो। फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापा नेतृत्वकाे टोलीले २०८३ भदौ २८ गते काठमाडौंको बौद्धबाट पक्राउ गरी सोलुखुम्बु ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउपछि खत्रीलाई २०८३ भदौ ३० गते जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद तथा जरिवाना भुक्तानीका लागि उनलाई कारागार कार्यालय सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अदालतबाट फैसला भएका तर फरार रहेका प्रतिवादीहरूको खोजी तथा फैसला कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ।











Discussion about this post