Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

Radio Everest by Radio Everest
September 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दुई महिनामा पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । प्रतिकूल मौसम, हवाई उडानमा आएको अवरोधलगायत कारणले सगरमाथा क्षेत्रको पर्यटन प्रभावित भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार चालु आर्थिक वर्षको साउनमा २९३ र भदौमा एक हजार १०४ गरी दुई महिनामा एक हजार ३९७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । भदौमा भ्रमण गर्ने पर्यटकमध्ये ८८९ जना विदेशी तथा बाँकी २१५ जना नेपाली र सार्क राष्ट्रका नागरिक रहेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को साउनमा २५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये १६३ जना विदेशी, ३५ जना सार्क राष्ट्रका र ५६ जना नेपाली थिए । यस्तै, भदौमा एक हजार ३१८ जनाले भ्रमण गरेकामा एक हजार २० जना विदेशी, १३५ जना सार्क राष्ट्रका र १६३ जना नेपाली नागरिक रहेका थिए ।

सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत विवेक बैजुका अनुसार मौसम प्रतिकूल हुँदा कतिपय पर्यटक काठमाडौँमै रोकिएका छन्। पछिल्लो करिब तीन दिनदेखि लुक्लामा हवाई उडान हुन नसक्दा पर्यटकको आवागमन थप प्रभावित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा कमी आउनुको मुख्य कारण प्रतिकूल मौसम देखिएको छ ।

अघिल्लो वर्षको साउन र भदौको तथ्याङ्कसँग तुलना गर्दा पनि मौसमका कारण पर्यटक आवागमनमा उतारचढाव देखिएको उहाँको भनाइ छ । भोटेकोशीमा आएको बाढीका कारण यस वर्ष सगरमाथा क्षेत्रको पर्यटनमा असर परेको चर्चा भए पनि त्यसकै कारण पर्यटक घटेको हो भन्ने यकिन तथ्याङ्क भने अहिलेसम्म प्राप्त नभएको निकुञ्जले जनाएको छ ।

पर्यटन व्यवसायीका अनुसार सगरमाथा क्षेत्रको पर्यटनमा मौसमसँगै यातायात तथा हवाई सेवाको नियमितता महत्वपूर्ण हुन्छ । लुक्ला विमानस्थलमा उडान प्रभावित हुँदा काठमाडौँमा पर्यटक रोकिने र त्यसको प्रभाव सगरमाथा क्षेत्रका होटल, ट्रेकिङ तथा अन्य पर्यटन व्यवसायमा पर्ने गर्छ । पर्यटनको मुख्य मौसम सुरु हुन लागेका बेला बाढी, सडक तथा हवाई यातायातमा देखिएको अवरोध र मौसमसम्बन्धी समस्याले आगामी पर्यटकीय सिजनमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

Previous Post

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Related Posts

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
0
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026
0
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

September 17, 2026
0
विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

September 16, 2026
0

Discussion about this post

Everest Highlights

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

September 17, 2026
विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

September 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

September 17, 2026
सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly