असोज ७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट स्थायी लेखा नम्बर (प्यान) बनाउने कार्य औपचारिक रूपमा सुरु भएको छ । असोज ७ गतेदेखि गाउँपालिकामै स्थायी लेखा नम्बर बनाउने सेवा सुरु गरिएको हो ।स्थानीयवासीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले गाउँपालिकाबाटै सेवा सुरु गरिएको जनाइएको छ । अब स्थायी लेखा नम्बर बनाउन तथा आन्तरिक राजस्व कार्यालयबाट हुने विभिन्न कार्यका लागि सम्बन्धित सेवाग्राहीले गाउँपालिकाबाटै सेवा लिन सक्नेछन् ।
गाउँपालिकामा सेवा सुरु भएपछि व्यवसायी, कर्मचारी, संघसंस्था तथा अन्य करदातालाई करसम्बन्धी कामका लागि बाहिर जानुपर्ने समय र खर्च बचत हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले आन्तरिक राजस्व कार्यालयबाट हुने सेवा तथा कार्यसमेत अब नेचासल्यान गाउँपालिकाबाटै हुने भएकाले सम्बन्धित सबै सेवाग्राहीलाई यसबारे जानकारी लिन अनुरोध गरेको छ । सेवा सञ्चालनसँगै स्थानीय तहबाटै कर प्रशासनसम्बन्धी सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ ।











Discussion about this post