असोज ८, सोलुखुम्बु । खराब मौसमका कारण नेपाली कांग्रेस सोलुखुम्बुको पूर्वनिर्धारित क्षेत्रीय अधिवेशन केही दिन पर सार्ने सम्भावना देखीएको छ । जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले मौसम प्रतिकुल भएपछि क्षेत्रीय अधिवेशन केही पर सार्ने विषयमा विषयमा पार्टी केन्द्रसँग समन्वय भइरहेको हो ।
उहाँले मौसमका कारण अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आवागमन तथा व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै क्षेत्रीय अधिवेशनको मिति सार्ने विषयमा केन्द्रसँग समन्वय भइरहेको सामाजिक ञ्जिाल मार्फत जानकारी गराउनुभएको हो । पार्टीले केन्द्रसँगको समन्वयपछि अधिवेशनको मिति परिवर्तनसम्बन्धी आधिकारिक सूचना सार्वजनिक गरिने जनाएको छ। यसबारे सम्पूर्ण पालिका सभापति, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई जानकारी गराइएको छ ।
यसअघि नेपाली कांग्रेस सोलुखुम्बुले जिल्लाका ५२ वटै वडा र ६ वटा पालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ, बाँकी २ वटा पालिकामा अधिवेशनको प्रकृया सुरु भइसकेको र सम्पकन्न हुने तर्फत उन्मुख रहेको उहाँको भनाई छ । अब क्षेत्रीय अधिवेशनतर्फको प्रक्रिया अघि बढिरहेको अवस्थामा मौसम प्रतिकूल भएपछि निर्धारित कार्यक्रम प्रभावित हुने देखिएको हो ।
केन्द्रसँगको समन्वयपछि नयाँ मिति तय भएमा त्यसबारे औपचारिक रूपमा जानकारी गराइने कांग्रेस सोलुखुम्बुले जनाएको छ । उता खोटाङ जिल्लाको क्षेत्रीय अधिवेशन सर्न सक्ने सम्भावना रहेको जनाइएको छ । जिल्ला सभिव समिर राईले मौसममा खरावी आएपछि केही दिन अधिवेशन सार्ने हो की ? भन्ने विषयमा छलफल भइरेको बताउनुभएको हो ।











Discussion about this post