असोज ९, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी चार दिन भारीदेखि अति भारी वर्षा तथा हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनलाई आधार बनाउँदै असोज ८ गतेदेखि असोज १२ गतेसम्म मौसम प्रतिकूल हुनसक्ने जनाएको हो।
गाउँपालिकाले पर्यटक, गाइड, पोर्टर तथा स्थानीय बासिन्दालाई मौसम र पदमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। जोखिमयुक्त तथा संवेदनशील क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा सर्न र भारी वर्षाका बेला नदी तथा खोलाको आसपास नजान गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिकाले विपद् वा आपत्कालीन अवस्था आएमा गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले सबैलाई मौसम तथा सुरक्षा सम्बन्धी सूचनामा ध्यान दिई व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन अनुरोध गर्नुभएको छ ।
गाउँपालिकाले आपत्कालीन सहयोगका लागि जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति तथा प्रहरीसहित विभिन्न जिम्मेवार व्यक्तिहरूको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।











Discussion about this post