जेठ ३१, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका सुनौलो हजार दिने आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । विहिबार वडा कार्यालयको २०८०÷०८१ को बार्षिक पोषण कार्यक्रम अन्र्तगत १ लाख बजेट विनियोजन गरी सुनौला हजार दिने (गर्भवती महिला तथा २ वर्ष मुनिका बच्चाहरुका आमाहरु) लाई खाद्य समाग्री वितरण गरेको हो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष टंक बहादुर कार्कीको अध्यक्षतामा सुनौला हजार दिने आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको स्वास्थ्य चौकी तिङ्लाका प्रमुख दिलेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीको भवनमा १०० जना सुनौला हजार दिने आमाहरुलाई चना, केराउ, साबुन लगायत जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरिएको हो ।
सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम आफ्नो वडामा गरिएको वडा अध्यक्ष टकं बहादुर कार्कीले बताउनुभयो । उक्त कार्यक्रम गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् ।
मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणको शिकारबाट आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन दिन नहुने र बालबािलकाको पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
Discussion about this post