असोज १५, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत मूल्यमा चामल बिक्री वितरण सुरु गरेको छ । कम्पनीले चामलमा प्रतिकेजी पाँच रुपियाँका दरले प्रतिबोरा १२५ रुपियाँ छुट दिएको हो । उक्त छुट सुविधा तिहारसम्म कायम रहने शाखा कार्यालयले जनाएको छ ।
शाखा कार्यालयका प्रमुख निमेश कुमार यादवका अनुसार स्टिम जिरा मसिनो र एफआर स्टिम जिरा मसिनो चामलको साविक मूल्य प्रतिबोरा दुई हजार तीन सय रुपियाँ रहेकामा १२५ रुपियाँ छुट गरी दुई हजार १७५ रुपियाँमा बिक्री भइरहेको छ । त्यसैगरी, साविकमा प्रतिबोरा एक हजार ५५० रुपियाँ पर्ने अरुवा सोना मन्सुली र एफआर अरुवा सोना मन्सुली चामल १२५ रुपियाँ छुटपछि एक हजार ४२५ रुपियाँमा बिक्री भइरहेको छ ।
दशैँ, तिहार तथा छठजस्ता प्रमुख पर्वका समयमा उपभोक्तालाई सहज र सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरिएको शाखा कार्यालयले जनाएको छ । शाखा कार्यालयले सहुलियत मूल्यमा उपलब्ध गराइएको चामल खरिद गरी लाभ लिन सोलुखुम्बुका सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।











Discussion about this post