असोज १७, सोलुखुम्बु । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका तराई भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। यसैगरी, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ। विभागले मौसममा हुने परिवर्तनलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।










Discussion about this post