असोज २१, सोलुखुम्बु । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार सो दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सकिनेछ।
यस वर्ष टीका लगाउँदा पश्चिम मोहडा गरेर बस्नुपर्ने समितिले जनाएको छ। अर्थात्, टीका लगाइमाग्ने व्यक्तिले पश्चिम दिशातर्फ फर्किएर टीका थाप्नुपर्नेछ। विजया दशमीका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा रहिआएको छ।










Discussion about this post