असोज २१, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको माउण्ड एभरेष्ट इंग्लीस बोर्डिङ स्कुलले प्रथम वार्षिक खेल सप्ताह सुरु गरेको छ । विद्यालयले नियमित पठनपाठनका अलावा विद्यार्थीलाई खेल क्षेत्रमा अभ्यस्त गराउने उदेयश्यले आज बुधबारबाट खेल सप्ताह स्पोर्टस वीक सुरु गरेको हो । योङ स्टार क्लवको खेल मैदानमा एक औपचारीक कार्यक्रमका बीच कोशी प्रदेशका पुर्व सामाजिक मन्त्री तथा प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सप्ताह सुरु भएको थियो ।
उद्घाटनका क्रममा आज विद्यार्थी तथा अभिभावक म्याराथन, अन्तरमावि स्तरीय फुटवल प्रतियोगिता भएका छन् । यस्तै एक हप्ता सम्म विभिन्न रचनात्मक कार्यक्रमहरु हुने विद्यालयका प्रधानाध्यापक दिवस मुखियाले बताउनुभयो । कार्यक्रम उद्घाटनका क्रममा पुर्व मन्त्री, सांसद तथा विद्यालयका संस्थापक राजभण्डारीले जिल्ला सदरमुकाममा संस्थागत विद्यालयको शाख जोगाउने विद्यालयको रुपमा माउण्ट एभरेष्ट बोर्डिङ चिनिएको बताउनुभयो ।
उहाँले आम नागरिकका सन्ततीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको विद्यालय वास्तबमै आज २७ वर्ष सम्म आइपुग्दा उक्त उदेश्यमा केन्द्रित भएर अघि बढेको उल्लेख गर्नुभएको थियो । यस्तै कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धिनारायण श्रेष्ठले माउण्ड एभरेष्ट बोर्डिङमा राजनीतिक व्यक्तीहरको संलग्नता भएतापनि राजनीतिक रंग पर्न नदिइएका उल्लेख गर्नुभएको थियो । खेल सप्ताह कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगर लगायत जिल्लाका उच्च पदस्त अधिकारीको उपस्थीति रहेको थियो ।
यस अवसरमा विद्यालयले विभिन्न विधामा काम गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा लामो समय काम गर्ने (२० वर्ष) शान्ता तामाङलाई २० हजार , उत्कृष्ठ शिक्षकको रुपमा उपप्रधानाध्यापक शुभम क्षेत्रीलाई ५ हजार, नृत्य प्रशिक्षक दिपसिका राईलाई पाँच हजार तथा कला शिक्षक पवन राईलाई ५ हजार सहित पुरस्कृत भएका छन् । विद्यालयले आफ्नो विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुको उज्जवल भविष्यलाई प्राथमिकतामा राख्दै शिक्षा प्रदान गरिहेको विद्यालयको दावी छ ।
यसैविच विद्यालयका भूपु विदार्थीहरुले विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहायत उपलब्ध गराएका छन् । यस बीचमा विद्यालयका शुभचिन्तक तथा विद्यार्थीहरुले विभिन्न शैक्षिक तथा विद्यालयीक प्रशासनीक सामाग्रीहरु उपलब्ध गराएको सार्वजनीक गरिएको थियो ।











Discussion about this post