जेठ ३२, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला अदालतमा चालु आर्थिक वर्षको ११ महिनामा १२७ वटा मुद्धा फर्छौट भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म २ सय ५ वटा मुद्धा दर्ता भएकोमा ७८ वटा मुद्धा फर्छौट गर्न बाकीँ रहेको अदालतले जनाएको छ ।
सोलुखुम्बु जिल्ला अदालत कार्यालयका डिठ्ठा मौसम बाबु ढकालका अनुसार ११ महिनाको अवधिमा ११ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन । सरकारवादी फौजदारीका मुदा ६४ वटा दर्ता भएकोमा ३६ वटा फर्छौट भएका छन, भने बाकीँ २८ वटा रहेका छन् । देवानी मुदामा १ सय १६ वटामा ८० वटा फर्छौट भएका छन् भने ३६ वटा बाकीँ रहेका छन् ।
यस्तै दुनियावादी फौजदारी तर्फ २४ वटा मुदा दर्ता भएका छन् भने ११ वटा फौसला भएको र १३ वटा अनुसन्धानको क्रममा रहेको अदालतले जनाएको छ । ६० वटा सम्बन्ध विच्छेदमा ३३ वटा मिलापत्र गरिएको छ । दुर्गम ठाउँमा बण्डा छुटाउन, बिगो तथा बण्डा भराउन र चलन चलाउन समस्या हुने भएकाले फैसला ढिलो हुने गरेको अदालतले जनाएको छ ।
Discussion about this post