जेठ ३२, सोलुखुम्बु । खोटाङमा १८ औँ जिल्ला स्तरीय जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । चम्पावती माध्यमिक विद्यालय बुइपामा शुक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङ जिल्ला जुनियर तथा युवा रेडक्रस समितिको आयोजना मा १८ औ जिल्ला स्तरिय जिल्ला स्तरिय जुनियर युवा गोष्ठी सम्पन्न भएको हो । विहिबार र शुक्रबार सञ्चालित दिने आवाशिय गोष्ठीमा जिल्लाभरिका २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
जिल्ला जुनियर÷युवा जिल्ला समिति संयोजक लिला वहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा तिन वटा विद्यालयमा गठित रेडक्रस सर्कल उत्कृष्ठ भएका छन । रेडक्रसले तयार गरेको कार्ययोजना अनुसार सर्कलले सम्पन्न गरेका गतिविधिहरूको मूल्याङकन गरि उत्कृष्ट सर्कल छनौट गरिएको थियो । जस अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ स्थित सुर्के डाँडा आधारभुत विद्यालय प्रथम भएको छ ।
यस्तै द्धितीय सप्त कन्या मा वि खोटेहाङ गाउँपालिका चिप्रिङ र तृतीय स्थान चम्पावती मा वि विजयखर्कले हात पारेका थियो । यि सर्कलहरूलाई प्रथम द्धितीय तृतीय पुरस्कार राशी क्रमशः ५ हजार, ३ हजार र २ हजारको साथमा कप प्रदान गरिएको छ । यसैवीच यहि गोष्ठीले २०८१ का लागि वुइपा घोषणापत्र र कार्ययोजना जारि गरेको छ ।
गोष्ठी सन्चालनको क्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय जुनियर युवा विभागका निर्देशक धर्मदत्त विडारीले रेडक्रस अभियान र विभागका अधिकृत सुमिरा न्यौपानेले जुनियर तथा युवा रेडक्रस कार्यविधि वारेमा सहजीकरण गर्नुभएको थियो ।
२ दिने गोष्ठीको समापन नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर युवा समिति संयोजक लिला वहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शाखा सभापति ज्ञानेन्द्र जोशीको प्रमुख रहेको थियो ।
Discussion about this post