जेठ ३२, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाको विकासे बजेट ६० प्रतिशतको हाराहारीमा कार्यान्वयन भएको छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा गाउँपालिकामा विनियोजित पुँजिगत बजेटको ६० प्रतिशतको हाराहारीमा कार्यान्वयन भएको गाउँपालिकाले जनाएको हो ।
चालु आर्थिक वर्षका लागी गाउँपालिकाले विकासे कामका लागी विनियोजन गरेको ११ करोड ५४ लाख मध्ये अहिले सम्म ६० प्रतिशत बजेट कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाका लेखा अधिकृत जिवन खत्रीले बताउनुभयो । चालु आर्थिक वर्षमा भौतिक निर्माणलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयन गरिरहेको गाउँपालिकाले भौतिक निर्माणमा मात्रै ७ करोड बढी खर्च गरिसकेकोले छ ।
गाउँपालिकामा चालु आर्थिक वर्षका लागी वडा र पालिका दुबैले कार्यान्वयन गर्नुपर्ने २ सय ४८ योजनाहरु छन । ति मध्ये केही फछ्र्यौट भइसकेका र केही बाकी रहेको पनि लेखा अधिकृत खत्रीको भनाई छ । यस्तै गाउँपालिकामा प्राप्त चालु बजेट पनि ७५ प्रतिशत बढी खर्च भइसकेको बताइएको छ । चालु आर्थिक वर्षका लागी ४१ करोड १६ लाख बढीको बजेट ल्याएको गाउँपालिकामा ३ करोड बढी बजेट भने रोक्का भएको छ ।
यसरी बजेट रोक्का हुँदा लक्ष अनुसारको बजेट कार्यान्वय गर्न नसकिने गाउँपालिकाले जनाएको छ । साउन १ गते सम्म सबै बजेट कार्यान्वयन गरिसक्नुपर्ने बाध्यता अनुरुप अहिले योजना सम्पन्न काम धमाधम भइरहेका छन् ।
Discussion about this post