Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा एमाले सोलुखुम्बुको जिल्ला आधिवेशन सुरु, बादलले गरे उद्घाटन

Radio Everest by Radio Everest
April 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

नेकपा एमाले सोलुखुम्बुको आठौँ जिल्ला अधिवेशन सुरु भएको छ । आज सदरमुकाम सल्लेरी स्थित योङ्ग स्टार क्लबको कभर्डहलमा नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पुर्व गृहमन्त्री राम बहादुर थापा बादलले उद्घाटन गरेपछि जिल्ला अधिवेशन सुरु भएको हो ।

उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व गृहमन्त्री बादलले देशमा कम्युनिष्ट बिना विकास सम्भव नभएको बताउनुभएको छ । मिसन ८४ नेकपा एमालेको हालको मूल मन्त्र भएकाले आगामी निर्वाचनमा सोलुखुम्बुको ३ वटै तहको निर्वाचनमा एमालेको वर्चस्व राख्न सक्ने नेतृत्व यो अधिवेशनबाट चुन्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेको जुनसुकै अधिवेशन विना मनमुटाव सर्वसम्मत ढंगबाट सम्पन्न भइरहेकोले कुनै गुट र समुह हावी हुन नदिनेगरी अधिवेशन सम्पन्न गर्न निर्देशन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमालेका केन्द्रिय सदस्य मानवीर राईले ३ दशक पछि सोलुखुम्बुले केन्द्रिय राजनीतिमा स्थान पाएकोमा खुसी व्यक्त गर्दै अव यसलाई कायम राख्न सक्ने नेतृत्व सोलु जिल्ला कमिटीले पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको एमाले अहिले दर्बिलो अवस्थामा रहेको जनाउदै आगामी जिल्ला कमिटीबाट संगठनको विस्तारको अपेक्षा रहेको बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन गरि उदाहरण पेश गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला स्तरीय एवं प्रदेश स्तरीय नेता तथा कार्यकर्ताहरूले एमाले सोलुखुम्बु सुदृढ बनाउन महत्वपूर्ण भूमिका जिल्ला कार्यसमितिले खेल्नु पर्ने भएकाले आट र साहस भएको नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधि हरूलाई आग्रह गरेका छन ।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा केन्द्रिय उपाध्यक्ष बादल, कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राई, केन्द्रिय कमिटी सदस्य किशोर अधिकारी, प्रतिनिधि सभा सदस्य मानविर राई, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा तथा लेखा आयोगका सदस्य शंखर कार्की, केन्द्रिय निर्वाचन आयोगका सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व नेकपा एमालेका जिल्ला कार्यसमिति अध्यक्ष डुफ कुमार बास्तोलाले गर्नुभएको थियो ।

Previous Post

जलविद्युत कम्पनीहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

Next Post

नेकपा एमाले सोलुखुम्बुको अधिवेशन , अध्यक्ष पदका लागी राई र बास्तोलाको उम्मेद्वारी

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly