Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चार दशकदेखि सिञ्चाईको पर्खाइमा रहेका देउसालीको माग पुरा, खेतमा पानी पुगेपछि भए हर्षित

Radio Everest by Radio Everest
June 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एउटा गाउँमा योजना मागेको चार दशकपछि खेतमा पानी पुग्दा किसानमा हर्ष छाएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाका किसानहरुले योजना मागको ४० वर्ष पछि हिउँदमा समेत खेत सिँचीत हुनेगरि कुलो आएपछि उनीहरुको मुहारमा हर्ष छाएको हो ।

मनग्य कृषि उपज उत्पादन हुने खेतमा बर्खामा जसोतसो सिंचाई हुने भएपनि हिउँदमा पानी नपुग्दा समस्या भोगेका किसान फुर्बा राईले हिउँदे खेतीको उत्पादन संगै आम्दानी बढ्ने भन्दै खुसी व्यक्त गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ को पहलमा हिउँदमा समेत रुग्दिको खेत सिँचीत हुनेगरि कुलो आएपछि फुर्बा राई जस्तै अन्य ५ हेक्टर क्षेत्रफलमा खेती गर्ने किसानहरूले खुसी व्यक्त गरेका हुन् ।

जलश्रोत तथा सिंचाइ विकास सब–डिभिजन कार्यालय सोलुखुम्बुबाट ६५० मिटर पाईप प्राप्त भएपछि उपभोक्ताले दुई दिनमा काम सम्पन्न गरेको समितिका अध्यक्ष हुत बहादुर कार्कीले बताउनुभयो । रुग्दि खोला सिंचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष कार्कीका अनुसार करिब १ किलोमिटर टाढाबाट उनीहरुले शनिबार खेतमा पानी झार्न सफल भएका हुन् । जहाँ आवश्यक्ता त्यहाँ उपाय भनेजस्तै सिँचाइका लागी वडाले पहल गरिदिएपछि स्थानीयहरु आफैले जनश्रमदानबाट पाइपलाइन विस्तार देखी कुलो लगायतको अन्य संरचना निर्माण गरेका हुन ।

रुग्दीखोलाको पानी खेतसम्म आएपछि ५ हेक्टर खेतबारी हिउँदको सुख्खा याममा पनि हराभरा हुने किसानहरुले विश्वास लिएका छन । उनीहरुले पालिका अध्यक्ष असिम राई, वडा अध्यक्ष भोजराज कार्कीको नेतृत्वमा रहेको वडा समिति लगायत रुग्दीखोला सिँचाई उपभोक्ता संस्थाको पहल र सकृयाता लाई उच्च सम्मान व्यक्त गर्दै सिञ्चाइ सब–डिभिजनलाई धन्यवाद दिएका छन् । वडा अध्यक्ष भोजराज कार्कीले जो कोहीको माग भन्दा पनि आवश्यकता पहिचान गरि योजना सिफारिस गर्ने देखि आवश्यक बजेटका लागि पहल गर्ने गरेको बताउनुभयो । गत वर्ष स्थलगत अवलोकन गरि यस वर्ष काम गरिएको भन्दै वडा अध्यक्ष कार्कीले जनप्रतिनिधिको काम योजनाका लागि आवश्यक सामाग्री तथा बजेट व्यवस्था गर्ने र नागरिकले त्यसलाई उचित ढंगबाट सदुपयोग गर्दै सम्पन्न गर्ने गरेमा दीगो विकास हुने विश्वास व्यक्त गर्नुभयो।

बिभिन्न मञ्चमा बोल्ने क्रममा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सम्बन्धित वडाबाट सही योजना सिफारिस हुन नसक्दा समस्या हुने गरेको बताउनुहुन्छ । उहाँले नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्वाचित जनप्रतिनिधिलाई बारम्बार निर्देशन दिने गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

Previous Post

खोटाङमा खडेरीले मकैका बोट सुक्न थाले

Next Post

चिशंखुगढीको बजेट खर्च ६४ प्रतिशत, प्राथमिकतामा भौतिक पुर्वाधार

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly