असार ५, सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सचिव विभूषण राईले शिक्षा भित्रको विकृति र विसंगति हटाई विद्यार्थीहरुको हक र संरक्षणको लागि संगठनको आवश्यकता रहेको बताउनुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका भित्रका विद्यालयमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन गर्दै राईले यस्तो बताउनुभएको हो । लोकतन्त्र रक्षाका लागि विद्यार्थी संघठन एकतावद्ध हुनु पर्ने उहाँको भनाइए छ ।
बुधवार जनकल्यान मावि र हिमालय माविमा नेविसंघको इकाई समिति गठन गरिएको छ । जनकल्यान माविमा इन्दिरा माझीको अध्यक्षतामा ७५ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षद्वमा नविन पुरी, ज्योति विक, सचिवमा अर्चना, सह सचिव रमन भारति, लाकेन्द्र पुरी समितिमा रहनुभएको छ । यस्तै हिमालय माध्यमिक विद्यालयमा राजु बस्नेत अध्यक्ष, उपाध्यक्षद्वमा करुणा बस्नेत, सबिन राई, सचिवमा गणेस बस्ने, पुजा बस्नेत,सह सचिवमा बन्दना भुजेल, रन्जित विश्वकर्मा र कोषाध्यक्षमा आवजित सुन्दास लागतय ७२ सदस्यीय समिति गठन गरिएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सचिव विभूषण राईले जानकारी दिनुभयो ।
उक्त समिति गठन कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका सभापती निश्चल राई र युवा नेता विशाल गुरुङको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post