असार ५, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ८५ प्रतिशत कार्य सम्पन्न गरेको छ । गाउँपालिकाले यस आर्थिक वर्षको कार्य समिक्षा गर्दा ८५ प्रतिशत कार्य सम्पन्न गरेको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्ष २०८०÷०८१ मा ल्याएको ६० वटा योजना मध्ये सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ, भने ३ प्रतिशत योजना कार्यान्वयन गर्न बाकीँ रहेको अध्यक्ष कार्कीको भनाई छ । लिखुपिके गाउँपालिकाले यस आर्थिक वर्षमा ल्याएको कुल बजेट १७ करोड हाराहारीमा ल्याएको थियो । पालिकाले असार ९ गते नीति तथा कार्यक्रम पेस गर्ने समेत बताएको छ ।
हरेक स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नु पर्ने प्रावधान रहेको छ ।
Discussion about this post