असार ५, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाको २०८०÷०८१ को स्विकृत कार्यक्रम अन्र्तगत दलित र गैर दलित विच हुने अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको हो ।
गाउँपालिका अध्यक्ष निशान्त शर्मा (बास्तोला) का अनुसार प्रोत्साहन सम्बन्धी कार्य विधि २०८१ को दफा ४ बमोजिम दलित र गैर दलित विच गरिएको विवाहलाई सम्मान तथा प्रोत्साहन गरिने भएको उल्लेख गर्नुभयो । यही असार ११ गते पालिका भित्रका अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।
Discussion about this post