खोटाङमा चट्याङबाट एक हल गोरु मरेका छन । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ विजयखर्कका चक्र ढुँगानाका एक हल गोरु चट्याङ लागेर मरेका हुन् । घर नजिकैको गोठमा बाँधेका हल गोरु गएराती करिव ८ बजे परेको चट्याङ लागेर मरेका हुन् । हल गोरु मर्दा ढुंगाना परिवारले करिव ८० हजार रुपैयाँको क्षति ब्यहोर्नु परेको जिल्ला प्रहरी कार्यालय खाेटाङ्गका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिनुभयाे ।
Discussion about this post