Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ लगायत ७ स्थानमा तापक्रमले तोड्यो रेकर्ड

Radio Everest by Radio Everest
June 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलखुम्बु । खोटाङ जिल्ला लगायत विभिन्न सात ठाउँमा यो वर्ष अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ । खोटाङको सदरमुकाम दिक्तेल सहित सात ठाउँमा तापक्रमले नयाँ रेकर्ड बनाएको हो । काठमाडौंको कीर्तिपुर, कैलालीको टीकापुर, जुम्ला, बाराको करैयामाई, बैतडीको पाटन, सिन्धुपाल्चोकको चौतारा, र भक्तपुरको चाँगुनारायण, सुनसरीको धरानमा यो वर्ष तापक्रमले नयाँ रेकर्ड बनाएको हो ।

खोटाङको सदरमुकाम दिक्तेलमा पनि तापक्रमले नयाँ रेकर्ड बनाएको छ । अप्रिल ३० मा दिक्तेलको तापक्रम ३०.१ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि दिक्तेलमा २०१२ मे १५ मा ३० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । जुम्लामा यही जुन १४ मा ३२ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । यसअघि जुम्लाको तापक्रम ३१.९ डिग्री सेल्सियससम्म पुगेको थियो । जुम्लामा १९९० जुन २५ मा ३१.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए । टीकापुरमा यो वर्ष मे ३० मा ४५.२ डिग्री सेल्सियस पुगेर नयाँ रेकर्ड कायम भयो । यसअघि २०१२ जुन १३ मा टीकापुरको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको थियो ।

करैयामाईमा यसअघि १९९५ मे २ मा ४२.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा यस वर्ष नयाँ रेकर्ड कायम भएको छ । विभागका अनुसार यस वर्ष अप्रिल ३० मा ४३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । पाटनको बैतडीमा पनि यो वर्ष तापमानले नयाँ रेकर्ड कायम गरेको छ । गत मे १८ मा ३६.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यहाँ यसअघि २०१९ जुनमा १५ ३५.५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागको तथ्यांकमा उल्लेख छ । सिन्धुपाल्चोकको चौतारामा पनि यो वर्ष हालसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । यहाँ यो वर्षको मे २९ मा ३९.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यसअघि चौतारामा २०२३ जुन २३ मा ३५.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । भक्तपुरको चाँगुनारायणमा पनि यस वर्षको तापक्रमले यसअघिका सबै रेकर्डलाई पछि पारेको छ ।

यस वर्षको जुन १० मा यहाँ ३५.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यसअघि २०१५ को जुन ६ मा ३३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागको तथ्यांक छ । विभागका अनुसार सुनसरीको धरानमा पनि यो वर्ष विगतमा भन्दा धेरै गर्मी भयो । धरानमा यो वर्ष तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । अप्रिल २८ मा धरानमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको तथ्यांक छ । यसअघि यहाँको सर्वाधिक तापमानको रेकर्ड ३९.९ डिग्री सेल्सियस थियो ।

२०२३ जुन ७ मा धरानको तापक्रम ३९.९ डिग्री सेल्सियस थियो । यसैबीच, काठमाडौंमा यस वर्षको २५ वर्षयताकै गर्मी भएको छ । जुन १५ मा ३५.३ डिग्री सेल्सियस तापक्रम मापन हुँदा काठमाडौंमा २५ वर्षयताकै सर्वाधिक उच्च तापक्रम भएको विभागको तथ्यांकमा उल्लेख छ । सन् १९९९ अप्रिल २६ मा काठमाडौंको तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता यो वर्ष नै काठमाडौंमा सबैभन्दा धेरै तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको विभागले जनाएको छ ।

Previous Post

सोताङमा सुत्केरी कोसेली कार्यक्रम मार्फत ९० जना महिला लाभान्वित

Next Post

कर्मचारी मिलन केन्द्र सोलुखुम्बुले गर्याे सोलुका सुसेलीहरु २०८१ स्मारिका विमोचन

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
कर्मचारी मिलन केन्द्र सोलुखुम्बुले गर्याे सोलुका सुसेलीहरु २०८१ स्मारिका विमोचन

कर्मचारी मिलन केन्द्र सोलुखुम्बुले गर्याे सोलुका सुसेलीहरु २०८१ स्मारिका विमोचन

Discussion about this post

Everest Highlights

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly