साेलुखुम्बु – सिरुवा पर्वको दोश्रो दिन आज तराईवासी समुदायले यो पर्व सोलुखुम्बुमा पनि मनाएका छन् । हरेक वर्षको बैशाख १ गते देखी ३ दिन सम्म मनाइने यो पर्व तराईमा विभिन्न तरिकाले मनाइन्छ । सिरुवा पर्वको पहिलो दिन पानी छ्यापाछ्याप गरेर यो पर्व मनाइन्छ भने दोश्रो दिन हिलो काँधमा राखेर वा हिलो खेलेर मनाउने गरिन्छ ।
तेश्रो अथवा अन्तिम दिन रङ्ग खेलेर पर्व बिदाई गरिन्छ । सोलुखुम्बुमा पनि काम तथा व्यापार व्यवसायको सिलसिलामा बस्ने तराईवासीहरूलाई पनि यो पर्व मनाएको सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा मोबाइल पसल सञ्चालन गरि बसेका प्रकाश पञ्जियार बताउनुहुन्छ । यस्तै यो पर्वलाई तराई समुदायका जुडशीतल पनि भन्ने गरिन्छ ।
सिरुवा अथवा जुडशीतल पर्वमा बिभिन्न खालका मिष्ठान्न भोजन पकाएर आफ्नो कुलदेवतालाई चढाएर आफन्त तथा इष्टमित्रलाई खुवाएर एकअर्कामा सद्भाव बाँडिने सोलुखुम्बुमा बस्दै आउनुभएका कल्पना शाह बताउनुहुन्छ । यो पर्व नेपालको तराईका जिल्ला झापा, सुनसरी, सप्तरी, तथा अन्य बिभिन्न स्थानमा बसोबास गर्ने तराईका आदिवासी समुदायहरूले मनाउने गर्दछन् । आफूहरू जहाँ रहेपनि आफ्नो मौलिक संस्कार संस्कृति भुल्न नहुने सोलुखुम्बुको नुम्बुर नेटवर्कका लेखापाल अर्जुन कुमार मण्डल बताउनुहुन्छ ।
Discussion about this post