साेलुखुम्बु – खोटाङको खार्मीमा छुरा प्रहारबाट नयाँ वर्षकै दिन एक ३१ वर्षीय पुरुषको मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीका धनजित राईको बैशाख १ गते शनिवार, राति करिव ८ बजेको समयमा हत्या भएको हो ।
मादक पदार्थ सेवन गरि झै झगडा गरिरहेका ३ जनाको समुहले उनीमाथि छुरा प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । उनी माथि छुरा प्रहार गरि हत्या गर्ने सोही वडाका विकास राई, आसिङ राई र गणेश राई फरार रहेको पहरी निरीक्षक कार्कीले बताउनुभयो ।
उहाँले फरार अपराधीको ३ जनाकै खोजी भइरहेको पनि बताउनुभयाे । मादक पदार्थ सेवन गरेका ति ३ जनाले स्थानीय भिम ब. वस्नेतकाे घरमै गइ झगडा गरिरहेको देखेपछि छुट्याउन खोज्दा राईको ज्यानै लिएकाे प्रहरीकाे भनाई छ । मृतक राईको शव कानुनी प्रकृया पुरा गरि पोस्टमार्टम गरेर परिवारले बुझिसकेको छ ।
Discussion about this post