असार ९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ ÷ ८२ का लागि २५ करोड, ३८ लाख ७४ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । आईतबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको सभापतित्वमा सम्पन्न सभामा पालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा गाउँपालिका र सशर्त अनुदान तर्फको १३ करोड, २९ लाख ५१ हजार ३ सय ९९ रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रम पुँजीगत शीर्षकतर्फ भने ११ करोड, ९९ लाख, २३ हजार ६ सय रुपैयाँ विनियोजन गरिएको छ । आगामी आवका लागि विनियोजित बजेटमध्ये ५४ लाख २१ हजार, पूर्वधार र विकास तर्फ ९ करोड ७२ लाख आर्थिक विकासका लागि छुट्याइएको छ । यस्तै पूर्वाधार विकासमा १ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष शेर्पाले बताउनुभयो ।
सामाजिक विकास तर्फ ८ करोड ९७ लाख ८८ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि १४ लाख ६५ हजार ९ सय ९९ रुपैँया र सुशासन तथा संस्थागत विकास शीर्षकमा ६० लाख रुपैँया छुट्याइएको छ । पालिकाले गत बर्ष २४ करोड बराबरको बजेट ल्याएको गाउँपालिकाका उपाध्क्ष ङवाङ ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । साथै इमान्दार र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको छ । बजेट पास भए पछि अध्यक्ष मिना कार्की बस्नेतले यो बजेटले पालिकाको बृहत्तर विकासमा टेवा पुग्ने प्रतिक्रिया दिनु भएको छ ।
Discussion about this post