असार९, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका स्थित वडा नम्बर ५ मात्तिमबिर्ता क्षेत्रलाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ । केरा खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०-०८१ का लागि उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशबाट प्राप्त २० लाख र २५ प्रतिशत स्थानीयको लागत साझेदारीमा सो वडामा केरा खेती विस्तार गर्ने भएको हो । उक्त वडाको ४ सय ६६ रोपनी क्षेत्रफलमा यस वर्षदेखि केरा खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । जसका लागि जी नाईन जातको तन्तु प्रजनन (टिस्यु कल्चर) बाट उत्पादन गरिएको २८ हजार विरुवा रौतहटको चन्द्रनिगाहपुरबाट खरिद गरि ल्याएर किसानलाई वितरण गरिएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईले रोपिएको केराको बिरुवालाई जगाउन र सिंचाई सुविधा पुर्याउन २५ एमएमको १० हजार ८ सय ७० मिटर पाईप सोही योजना बाट खरिद गरी टोल सुधार समिति मार्फत किसानलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ५ लाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरी संघ प्रदेश तथा स्थानीय तहबाट लगानी बढाउँदै लैजाने बताउनुभएकोत छ ।
खोटाङको दिक्तेल बजारमा मिनी महोत्सव हुने
खोटाङ संवाददाता – उदिम चाम्लिङ राई । खोटाङको दिक्तेलबजारमा मिनि महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा...
Discussion about this post