असार ९, सोलुखुम्बु । पूर्वी जिल्ला ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले ३७ करोड ८४ लाख बढीको बार्षिक बजेट ल्याएको छ । शनिबार गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अध्यक्षतामा पालिका उपाध्यक्ष शुसिला तामाङले १६ औँ गाउँसभाबाट ३७ करोड ८४ लाख ९७ हजारका बराबरको वार्षिक बजेट ल्याउनुभएको हो । संघिय वित्तीय समानीकरणबाट ७ करोड ८३ लाख, समपुरक अनुदानबाट ५० लाख, सशर्त अनुदान अनुदानबाट १७ करोड ६७ लाख २ हजार,राजश्व बाडँफाडँबाट ८ करोड २० लाख ९९ हजार ९ सय ९९ बजेट सार्वजनिक गरिएको छ ।
यस्तै प्रदेश वित्तीय समानीकरणबाट ४४ लाख ८० हजार, राजश्व बाडफाडबाट ३३ लाख २ हजार, समपुरकबाट १ करोड, सशर्त अनुदान अनुदानबाट ६९ लाख ४४ हजार र खिजिदेम्बाको आन्तरीक राजश्वबाट १ करोड ६ लाख ५९ लाख १ रुपौँया गरि ३७ करोड ८४ लाख ९७ हजारको बार्षिक बजेट सार्वजनिक गरिएको हो । सभाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा बढी जोड दिइ यस अघीकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले सभा कार्यक्रममा आर्थिक मन्दीको चुनौतिलाई पन्छयाउँदै दिगो विकास लक्ष्य प्राप्त गर्न पालिका प्रतिवद्ध रहेको, समृद्धिसंगै उत्कृष्ट पर्यटकीय गन्तव्य र रोजगारीलाई प्राथामिकता दिएको बताउनुभयो ।
Discussion about this post