असार १०, साेलुखुम्बु । ओखलढुङगाकाे चिशंखुगढी गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ४४ करोड बढीको बजेट ल्याएको छ । सोमबार पालिकाको केन्द्र सेर्नामा सम्पन्न पन्ध्रौं गाउँसभामा आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेकाे हो ।
गाउँपालिका अध्यक्ष निशान्त शर्माको अध्यक्षतामा भएको सभामा अध्यक्ष शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हाे भने उपाध्यक्ष सन्तोष थापाले बजेट पेश गर्नु भएको थियाे ।
पालिकाले चालु र पुजीँगत दुवै गरि एक मुष्ट ४४ करोड ३६ लाख ४७ हजारको बजेट सार्वजनिक गरेको हो । चालु तर्फ ३४ करोड र पुँजीगत तर्फ १० करोड बजेट घोषणा गरिएको छ ।
सोमबाको सभामा बजेट पेश भए पनि बजेट पारित भने असार १५ गतेको गाउँ सभाले गर्ने पालिका अध्यक्ष शर्माले बताउनु भयो । उहाँले असार १५ गते बिहान १० बजेसम्मका लागि पन्ध्रौँ गाउँ सभा स्थगित गर्नु भएको छ ।
Discussion about this post