Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङदुधकाेशीले ल्यायाे ६० कराेडकाे बजेट, उत्पादनलाई जाेड

उत्पादनलाई जोड दिएको कार्यममा मृतक नागरिकलाई सलामी देखि आर्थिक सहयोग सम्म

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु । हिमाली जिल्ला साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकाले  उत्पादनलाई जोड दिदैँ  करिब रु.६१ करोड बजेट ल्याएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशनमा रु.६० करोड ६० लाख २८ हजार बजेट पेश भएको हाे ।

जसमा नेपाल सरकार वित्तिय समानिकरण अनुदान रु.१२ करोड २८ लाख र प्रदेश सरकार रु.७८ लाख ९ हजार गरि जम्मा १३ करोड ६ लाख ९ हजार रहेको छ । यस्तै सशर्त अनुदान रु.३३ करोड ४७ लाख ४७ हजारमा नेपाल सरकारको रु.३२ करोड ३२ लाख र प्रदेश सरकारको रु.१ करोड १५ लाख ४७ हजार रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको विषेश अनुदान रु. १ करोड २५ लाख, राजश्व बाडफाडमा संघीय सरकार र प्रदेश सरकारको जम्मा रु. ९ करोड २० लाख ७८ हजार रहेको छ । पालिका उपाध्यक्ष सविता राईले पेश गर्नुभएको उक्त बजेट गाउँसभाबाट पारित भएको छ ।

नीति तथा कार्यममा उत्पादनलाई जोड

थुलुङ दुधकोशी गाउँपालिकाले खानेतेल र कफीमा आत्मनिर्भर भई गाउँपालिकामा आयात खानेतेल र कफीको प्रतिस्थापन गर्ने नीति लिएको छ । जसको लागि गाउँपालिकाको उपयुक्त क्षेत्रमा तोरी खेती गर्ने तथा मिलहरुको स्थापना गर्ने र मिलबाट उत्पादित तेललाई प्याकेजिङ गर्ने लेवलिङ गर्ने र बजारीकरण गर्ने कार्य गरिने बताइएको छ ।

यस्तै, गाउँपालिका र स्थानीय जनता¸ सहकारीहरु¸ उद्योगी¸ व्यवसायीहरुको संयुक्त लगानीमा सार्वजनिक निजी सहकार्यको मोडेलमा एक गाउँ विकास सहकारी स्थापना गरी कृषि ऋणको व्यवस्था गर्ने र सहकारी मार्फत स्थानीय उत्पादनको बजारीकरण गरिने नीति गाउँपालिकाले लिएको छ ।

गाउँपालिकामा उत्पादन भइरहेको सुन्तला¸ किवी¸ कागतीको वृहत उत्पादनलाई निरन्तरता दिँदै वजारीकरण तर्फ ध्यान दिइने साथै अकबरे खुर्सानीको वृहत उत्पादनमा जोड दिइने बताइएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका भित्र सम्पन्न भएका महत्वपुर्ण कार्यक्रमहरुलाई दीगोरुपमा सञ्चालन गरिने र निर्माणाधीन योजनालाई सम्पन्न गराउनतर्फ कार्य गरिने भएको छ । थुलुङ दुधकोशी अस्पताल र प्राविधिक शिक्षालयको दीगो एवम् व्यवस्थितरुपमा संचालन गर्दै निर्माणाधीन प्रदेश स्तरीय खेलमैदान, जुबुमा निर्माणाधीन अस्पताल, सडक कालोपत्रे लगायतको गौरवको आयोजनालाई सम्पन्न गराउने गरि बजेट व्यवस्था हुने उल्लेख गरिएको छ ।

यस्तै, प्रदेश स्तरीय खेल मैदान, नेले देखि पालिका केन्द्र सडक कालोपत्रे, नेले देउसा दिप्लीघाट सडक स्तरोन्‍नती, आमा सुरक्षा कार्यक्रम, थुलुङ दुधकोशी अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, गाउँपालिका स्तरीय चिस्यान केन्द्र, सुकेपोखरी / डाँडाखर्क पर्या-पर्यटन सांस्कृतिक क्षेत्र विकास कार्यक्रम, जालिम पोखरी धार्मिक-सांस्कृतिक पर्यटकीय क्षेत्र विकास कार्यक्रम र वडा नम्बर ८ को तातोपानी क्षेत्रलाई संरक्षण लगायतलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

पन्चन खानेपानी आयोजना, नेले बजार¸ सुके बजार लगायतका वजार क्षेत्रमा ढल व्यवस्थापन, कफि‚ किवी तथा सुन्तला प्रशोधन केन्द्र स्थापना र स्थानीय/रैथाने उत्पादन तथा सीप विकास प्रवर्द्धन तथा वजारीकरण कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता राखिएको गाउँपालिकाले जनाएको छ ।

“स्वस्थ्य नागरिक– समुन्नत पालिका” भन्ने मूल नाराको साथ नागरिकलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिलाई निरन्तरता दिदै गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा द्रूत गतिको इन्टरनेटको व्यवस्था गरी स्वास्थ्य कर्मीहरुले दुधकोशी अस्पताल लगायतका विभिन्न विशेषज्ञहरुसँग प्रत्यक्ष परामर्श (टेलिमेडिसिन) गरी विशेषज्ञ सेवा प्रदान गर्ने बताइएको छ ।


चालु आ.व.मा सम्झौता भई कार्यान्वयन सुरु भएको योजनाहरुलाई सम्पन्‍न गर्न प्राथमिकताका साथ वजेटको व्यवस्था गरिने, गाउँपालिकाबाट जारी गरिएको श्वेतपत्र अक्षरस पालना गरी गराई शैक्षिक सुधार वर्ष घोषणा गर्ने र विद्यालयलाई प्रविधिमैत्री बनाउन ई हाजिरी¸ इमेल¸ इन्टरनेट माध्यमको व्यवस्था गरी प्रत्येक विद्यालयमा एकजना आइटी फोकल शिक्षकको व्यवस्था गर्ने नीति रहेको छ ।

कृषि र पर्या-पर्यटनको लागि आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिने

गाउँपालिकालाई कृषि र पर्या-पर्यटनको लागि आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकसित गर्दै सुकेपोखरी क्षेत्रलाई सांस्कृतिक तथा पर्यापर्यटनको लागि विस्तार र प्रचार गर्दै लाने र भने जालिम पोखरी क्षेत्रलाई धार्मिक पर्यटनका साथमा मुन्दुम ट्रेलसँग अन्तर सम्बन्धित बनाउन समन्वय गर्ने नीति पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

 

यस्तै, डाँडाखर्क¸ घुम्नेपानी क्षेत्रको पर्यटनसम्बन्धी गुरुयोजना निर्माण गरी कार्यक्रम लागु गर्ने, थुलुङ राई, शेर्पा, तामाङ, क्षेत्री–ब्राह्मण, मगर, नेवार, गुरुङ¸ माझी¸ जोगी¸ दलित समुदाय आदिको मौलिक संस्कृति र संस्कारको सम्वर्धन एवं प्रबर्द्धन गरी उपयुक्त स्थानमा विशाल सांस्कृतिक पुरातात्विक संग्रहालय निर्माण गरी पर्यटकको ध्यान आकर्षित कार्यक्रम रहेको बताइएको छ ।

एक घर एक धारा प्रत्येक घरमा स्वस्थ खानेपानीको अवधारणा सहित खानेपानी वोर्डबाट आवश्यक कार्य अगाडी बढाउने, ग्राभिटीमा आधारित खानेपानी मूहानको समस्या हुने गाउँपालिकाको पन्चन¸ देउसा तथा जुबुमा लिफ्टिङमा आधारित खानेपानी आयोजना संचालन गरिने बताइएको छ ।

एकल महिला र जेष्ठ नागरिकलाई निशुल्क सेवा

७० वर्षभन्दा माथिका एकल महिलाहरुलाई गाउँपालिका र वडा कार्यालयहरुबाट सिफारिस दिदा नि:शुल्क उपलब्ध गराउने बताइएको छ । गाउँपालिका र वडाहरुलाई वालमैत्री घोषणा गर्नको लागि आवश्यक तयारी थालनी गर्ने उल्लेख गरिएको छ ।

यस्तै, गाउँपालिकामा एक वटा ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी संचालन गरिनेछ । ८० वर्षभन्दा माथिको जेष्ठ नागरिकहरुलाई गाउँपालिका र वडा कार्यालयहरुबाट सिफारिस दिदा नि:शुल्क उपलब्ध गराउने भएको छ ।

मृतक नागरिकलाई सलामी देखि आर्थिक सहयोग सम्म

गाउँपालिका भित्र भएका नागरिकहरुको मृत्यु भएमा गाउँपालिकाको गाउँप्रहरीद्वारा सलामी अर्पण गरी समवेदना पत्र सहित आर्थिक सहयोग गरिने कार्यक्रम रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस्तै, विद्यालयका प्रधानाध्यापकलाई भत्ता बढेको छ । यस अघि माध्यमिक तहको प्रधानाध्यापकले मासिक १ हजार भत्ता प्राप्त गर्दै आएका थिए भने अब उनिहरुले मासिक २ हजार प्राप्त गर्नेछन । यस्तै आधारभुत तह १-८ ले १ हजार ५ सय र १-५ ले १ हजार मासिक भत्ता प्राप्त गर्नेछन ।

Previous Post

१६ दिनपछि लुक्ला विमानस्थलमा उडान

Next Post

चिशंखुगढी गाउँपालिकाको बजेट ४४ करोड भन्दा बढी

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
चिशंखुगढी गाउँपालिकाको बजेट ४४ करोड भन्दा बढी

चिशंखुगढी गाउँपालिकाको बजेट ४४ करोड भन्दा बढी

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly