उद्धव कुलुङ ।
असार ११,सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालित तितिगो खानेपानी आयोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । आज गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच खानेपानी आयोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । सामाजिक लेखा परीक्षणका क्रममा उक्त खानेपानी आयोजनाको लागत ३१ लाख भन्दा बढी रहेको जनाइएको छ ।
३१ लाख ६९ हजार ८ सय ५६ रुपैयाँ अनुमानित लागत रहेको खानेपानी आयोजनाका लागी जि फाउण्डेसन नेपालले २५ लाख ४१ हजार ९ सय ७१ रुपैयाँ र जनश्रमदानबाट ६ लाख २७ हजार ८ सय ५५ रुपैयाँ लागत खर्च भएको छ । जि फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधक सहयोग र पहाडी विकास संरक्षण समुह नेपालले निर्माण गरेको खानेपानी आयोजनाबाट वडा नम्बर २ का ४७ घरधुरी लाभान्वित भएका छन भने उनीहरू सबैको घरघरमा धारा पुगेको जनाइएको छ ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष विपना कुलुङको विशेष आतिथ्यता रहेको संवाददाता उद्धव कुलुङले बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष कुलुङले महाकुलुङ गाउँपालिका गैरसरकारी संस्थाहरूले विकासमा साझेदारी गरिरहेकोमा खुसी व्यक्त गर्दै यसका लागी स्थानीय सरकार सदैव तत्पर रहेको बताउनुभएको छ ।
यस्तै विशेष अतिथि गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङ रहनुभएको थियो । कार्यक्रमको सभाध्यक्षता पहाडी विकास संरक्षण समुह नेपालका प्रशासन तथा वित्त अधिकृत सुमन कुलुङले गर्नुभएको थियो ।
Discussion about this post