असार १२, सोलुखुम्बु । अविरल वर्षा पछि आएको पहिरोले नेचा बजारबाट सल्यान जाने बाटो अबरुद्व भएको छ । गएराति देखि परेको अविरल बर्षाले सडक खण्डको माथिल्लो भागबाट पहिरो आउँदा बाटो अबरुद्व भएको हो ।
नेचासल्यान गाउँपालका वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम भट्टराईका अनुसार नेचासल्यान आवतजावत गर्ने विभिन्न ठाउँहरुमा सडक अबरुद्व भएकाले जनप्रतिनिध, सुरक्षाकर्मी र स्थानीयको सक्रृयतामा पहिरो हटाउने कार्य भइरहेको बताउनुभयो । उक्त बाटो हुदैँ यात्रा गर्ने यात्रीहरुको समस्यालाई मध्यनजर गर्दै बाटो खोल्ने प्रयास भइरहेको वडा अध्यक्ष भट्टराईको भनाई छ ।
Discussion about this post