असार १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा बुधवारबाट सुरु गरिएको नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा महिलाहरुले उत्साहका साथ सहभागीता जनाएका छन् । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग र महिला बालबालिका शाखाको आयोजनामा सुुरु गरिएको २ दिने तालिममा महिलाहरुले उत्साहजनक रुपमा सहभागीता जनाएका हुन् ।
पालिका भित्रका अगुवा महिलाहरुको क्षमता विकास गर्नुका साथै सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रम बोल्दै गाउँपालिकाकी उपाध्यक्ष विना राईले महिलाहरुलाई नेतृत्व विकास तथा कानुनी सचेतना तालिम गत वर्षको तालिम भएकाले यसलाई पुर्णता दिएको बताउनुभयो ।
तालिममा महिला सशक्तिकरण तथा महिला नेतृत्व विकास सम्बन्धी महत्वपूर्ण विषयमा जानकारी गराईने भएकाले इच्छा शक्तिका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।
उद्घाटन कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल, कार्यपालिका सदस्य महिला बालबालिका शाखा प्रमुख अस्मिता भुजेल लगायत सक्रिय राजनीतिक दलबाट अन्तर पाटी महिला संजाल, महिला सहकारी सस्था लगायतमा आवद्ध ८५ भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण डाक्टर रेनुका सोलु र रेडियो एभरेस्टका स्टेशन म्यानेजर सबिन सिहंले गरिरहनुभएको सहकर्मी सोभित ढुङ्गेले बताउनुभयो । उक्त तालिम शाहीद कुसुम स्मृति प्रतिष्ठानमा भईरहेको छ ।
Discussion about this post