असार १५, सोलुखुम्बु । सोलुखुम्बुमा एक व्यक्तीको काठले किचेर मृत्यु भएको छ । शनिबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङ धापमा आज काठ सुकाउने क्रममा सोही नगरपालिका १० टाप्टीङका ३९ वर्षीय मेख बहादुर मगरको मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरीले कानुनि प्रकृया पुरा गर्ने काम गरीरहेकाे र शवको पोस्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।
घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्र.ना.उ घिमिरेको नेतृत्वमा प्रहरीटोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाकीँ छ ।
Discussion about this post