असार १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा उत्पादन भएको कृषि उपज कृषि एम्बुलेन्स मार्फत काठमाण्डौ लगेर विक्री वितरण गरिँदै आएको छ । कृषि उपजको बजारीकरणका लागी गाउँपालिकाले सुरु गरेको कृषि एम्बुलेन्स मार्फत देशकै ठुलो व्यापारिक केन्द्र संघीय राजधानी काठमाण्डौ पु¥याएर कृषि उपजको बिक्री वितरण गरिँदै आएको हो ।
यसैक्रममा यो सिजनको वर्षे आलु कृषि एम्बुलेन्स मार्फत शनिवार काठमाण्डौ पु¥याइएको छ । गाउँपालिकाको वडा नम्बर ७ देउसामा उत्पादन भएको वर्षे आलु कृषि एम्बुलेन्स मार्फत सनिवार बाट लैजान थालिएको हो । यो सिजनको पहिलो लटको आलु हिजो देउसाबाट १६ मुरी काठमाण्डौ पुगेको देउसाका वडा अध्यक्ष तथा प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । रैथाने एग्रो टेक प्रालि काठमाण्डौले बजारीकरणको सम्झौता गरेको थुलुङ दुधकोशीको कृषिजन्य उत्पादन नियमित कृषि एम्बुलेन्स मार्फत काठमाण्डौ पुर्याइदै आएको गाउँपालिकाले जनाएको छ ।
अघिल्लो वर्ष गाउँपालिकामा उत्पादन भएको २ सय ५० मुरी आलु काठमाण्डौ पु¥याइएको थियो । यस वर्ष पनि बर्खे आलु सिजन सुरु भएकाले अव निरन्तर ढुवानी हुने जनाइएको छ । कृषकको उत्पादनको बजारी करणका लागी कृषि एम्बुलेन्स प्रभावकारी रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।
गाउँपालिकाले कृषि एम्बुलेन्स मार्फत कृषि उपज राजधानीमा लगेर बजारीकरण गर्न सुरु गरेको २ वर्ष भएको छ । यसले आफूहरूको उत्पादन कहाँ लगेर बेच्ने भन्ने चिन्ता हटाइदिएको कृषकहरू बताउँछन ।
Discussion about this post