असार १६, सोलुखुम्बु । नेपाल सांस्कृतिक महासंघको केन्द्रिय सदस्यमा टेक बहादुर राई मनोनित हुनुभएको छ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको केनिद्रय सदस्यमा सोलुखुम्बुबाट राईलाई मनोनित गरिएको हो । उहाँलाई नेपाल सांस्कृतिक महासङ्घको विधान २०७२ संसोधन सहित भाग ५(३५)को १ र २ बमोजिम महासङ्घका केन्द्रिय अध्यक्ष तिर्थबहादुर थापाले मनोनित गर्नुभएको हो ।
नेपाली कांग्रेसको उत्थान, प्रवद्र्धन, र संगठनको समग्र सुदृढिकरणका लागी निरन्तर सकृय भूमिका गर्दै आएको भन्दे केन्द्रिय सदस्यमा मनोनित गरिएको महासंघका केन्द्रिय अध्यक्ष थापाले बताउनुभयो । उहाँले नव मनोनित केन्द्रिय सदस्य राईले नेपाल सांस्कृतिक महासङ्घको विधि विधान र निती, उद्देश्य, कार्यक्रम र अनुशासनमा रहेर काम गर्ने विश्वास आफूले लिएको पनि बताउनुभएको छ ।
Discussion about this post