असार १७, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका ६ का किसानले लगाएको मकै वालीमा हावाहुरीले क्षति पु¥याए पछि राहात पाएका छन् ।। गाउँपालिकाको वडा नम्बर ६ लट्टेबारी क्षेत्रमा किसानले लगाएको मकैबारी शनिबार हावाहुरी सहित परेको पानीले सखाप बनाएकाले ४ जना किसानले राहात पाएका हुन् ।
प्राकृतिक विपत्तिका कारण मकैबाली नष्ट भएपछि यहाँका किसान घाउँमा मलम लगाउनकै लागि स्थानीय समाजसेवि आङ कामी शेर्पा र उहाकी श्रीमती डोल्मा शेर्पाले करिब १७ हजार रुपैँया बराबरको खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको जनाइएको छ । स्थानीय क्षति ब्यहोरेका लप्टि शेर्पा, निरकुमारी खत्री, छोमाला तामाङ र छोकी शेर्पालाई राहात वितरण गरिएको लट्टेबारी कृषक समुहको अध्यक्ष तथा लट्टेबारी टोल विकास समितिका सचीव समेत रहनुभएका लट्टेबारी टोलबिकास समितिका अध्यक्ष गोबिन्द कुमार खत्रीले बताउनुभयो ।
उहाँका अनुसार चामल, तेल, चिया, साबुन लगायतका खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ । उक्त राहात सामाग्री सोमबार वडा नम्बर ६ का वडा सदस्य टंक बहादुर तामाङ र टोल बिकास समितिका अध्यक्ष गोबिन्द कुमार खत्री को उपस्थितिमा राहत वितरण गरिएको छ ।
Discussion about this post