असार १७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन । नेलेका सुनिल थापाले झुन्डिएर आत्महत्या गरेको जनाइएको छ । आइतबार साँझ घरमा खाना खाएर सुत्न जान्छु भनी कोठामा गएका थापा बिहान अर्को घरमा मृत फेला परेका एक पारिवारिक श्रोतले बतायो । ३२ वर्षीय थापाले के कारण आत्महत्या गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
उनका श्रीमती र एक छोरा छन । नेपाल विद्यार्थी सङ्घका पूर्व जिल्ला सहसचिव समेत रहेका थापाको शव पोस्टमार्टमा लागी जिल्ला अस्पताल फाप्लु ल्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post