असार १८, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको पेरीमिटर वाल भत्किएको छ । सोमबार राती परेको अविरल वर्षात पछि जिल्ला प्रशासन कार्यालयको पेरीमिटर वाल भत्किएको हो । प्रशासन छिर्ने दक्षिण गेट तर्फ लागइएको कम्पाउण्ड वाल भत्किदा आवतजावत नै जोखिम पूर्ण भएको छ । कार्यालयकाे कम्पाउण्ड फराकीलाे बनाउन निर्माण गरिएकाे वालकाे करिव ३ मिटर भाग भत्कीएकाे छ ।
Discussion about this post